नियमन शुल्क नतिरेपछि नेप्सेले ७ ब्रोकरको कारोबार रोक्यो

  २०७४ भदौ ५ गते १२:४७     विकासन्युज

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सोमबार ७ वटा ब्रोकर कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।धितोपत्र बोर्डलाई नियमन शुल्क नबुझाएपछि नेप्सेले उनीहरुको कारोबार रोक्का गरेको हो ।

कारोबार रोक्का हुने ब्रोकर कम्पनीमा अग्रवाल सेक्युरिटिज, आशुतोष ब्रोकरेज एन्ड सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी, क्रियटिभ सेक्युरिटिज, डाइनमिक मनी म्यानेजर सेक्युरिटिज, श्री कृष्ण सेक्युरिटिज र साउथ एसियन बुल्स प्रालिलाई कारोबार गर्न बन्देज लगाएको नेप्सेले जनाएको छ ।

गत वर्षको नियमन शुल्क नबुझाएपछि बोर्डको निर्देशनमा कारोबार रोक्का गरेको नेप्सेका प्रवत्ता मुराहरि पराजुलीले बताए । बोर्डलाई शुल्क तिरेपछि कारेबार खुला हुने उनको भनाई छ । कुल कारोबारको ०.६ प्रतिशत सेवा शुल्क बुझाउनु पर्ने छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.