नेपाली जुत्ता घरमा समर सेल मेला सुरु, ३०० देखि ५००० सम्मका १० ब्राण्ड छान्न सकिने

  २०७४ साउन ५ गते ९:११     विकासन्युज

काठमाडौं । नेपाली जुत्ता घरको आयोजनामा समर सेल मेला २०७४ शुरु भएको छ । बुधबार मेलाको समुद्घाटन नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका छन् । उक्त मेलाको उद्घाटन गर्दै ढकालले निजी क्षेत्रमा भएका विविध समस्याका वावजुद पनि कम्पनीहरु एकै ठाउँमा एकै प्रकृतिका ब्राण्डहरु मिलेर नेपाली जुत्ताको प्रवर्दनमा टेवा पु¥याउनु महत्वपूर्ण काम भएको बताए ।

नेपाली जत्ता घरले गमी यामलाई लक्षित गरि समरसेल मेला २०७४ श्रावण ४ गतेवाट सुरु गरेको छ । नयाँ डिजाईन एवं मोडलका जुत्ताहरु नेपाली जुत्ता घरको विभिन्न सोरुमहरुमा उपलब्ध गराइएको छ । यी जुत्ताहरुमा खुद्रा बिक्री मुल्यमा ७० प्रतिशतसम्म छुट उपलब्ध गराइएको कम्पनीले जनाएको छ । मेलामा रु. ३०० देखि रु. ५ हजारसम्मका जुत्ता तथा चप्पल बिक्री वितरणका लागि राखिएका छन् ।

उद्घाटन समारोहमा नेपाली जुत्ता बजारमा विविध समस्या रहेको र ती समस्याका बाबजुद पनि निजी स्तरमा संचालित नेपाली जुत्ता घरका अन्य प्रतिस्पर्धीहरुको लागि पनि नमुना रहेको नेपाली जुत्ता घरका अध्यक्ष रामकृष्ण प्रसाईले बताए । उद्घाटन समारोहमा हस्तकला महासंघका उपाध्यक्ष होमनाथ उपाध्याय, बु.न.पा. १०का वडा अध्यक्ष नवराज भट्टराई, जुत्ता घरका संचालक कृष्ण कुमार फ्ुयाँल, नवराज गौतम, ज्ञानेन्द्र दाहालको उपस्थिति रहेको थियो ।

नेपाली जुत्ता घरमा आवद्ध कम्पनीको उत्पादनको गुणस्तर तथा विश्वसनीयताले गर्दा यसअघिको समर सेल मेलाको अपार सफलताले गर्दा पनि यो मेला गर्नु परेको आयोजक सस्ंथाका संचालक कृष्ण कुमार फ्ुयाँलले बताए । नेपाली जुत्ता उद्योगहरुबाट उत्पादीत गुणस्तरीय जुत्ता चप्पलहरु बार्षिक रुपमा निश्चित समयको लागी बिशेष छुट र सहुलियत सहित आश्चर्यजनक प्रतिस्पर्धी मुल्यमा बिक्री बितरण गरि नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाउनु यस मेलाको प्रमुख उद्धेश्य रहेको संचालक ज्ञानेन्द्र दाहालले बताए ।

मेलामा शिखर शुज, वि.एफ डिएर हिल शुज, टम टेलर, सफ्ट टच, क्रस रोड, स्काई शुज, शु ल्यान्ड, इजि शुज, लेदर विङ्गस्, कोसेलि, टाकुरा जस्ता चर्चित नेपाली ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस एक्स्पोमा उपलब्ध छन् ।

नेपाली जुत्ता घर विभिन्न प्रतिस्पर्धी ब्राण्डहरुको आफ्नै सक्रियतामा करिब पाँच वर्षअघि स्थापना भएको हो । नेपाली जुत्ता घरको हाल उपत्यकाका जमल, कुमारीपाटी, महाराजगञ्ज, बालाजु, बागबजारमा यसका शाखाहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.