जेबिल्स फाइनान्सले शतप्रतिशत हकप्रद निष्काशन गर्ने, पायो बोर्डको अनुमति

  २०७४ साउन ४ गते १६:१९     विकासन्युज

काठमाडौं । जेबिल्स फाइनान्सले आफ्ना सेयरधनीहरुलाई शतप्रतिशत हकप्रद निष्कशन गर्न अनुमति पाएको छ । बुधबार नेपाल धितोपत्र बोर्डले कम्पनीलाई एक बराबर एक अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डले दिएको अनुमति अनुसार फाइनान्सले १०० अंकित दरको २८ लाख ८९ हजार ५६२ कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले २८ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडद्धारा निष्काशन गर्न लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.