ठमेलमा नयाँ रेष्टुराँ खुल्यो

  २०७४ साउन २ गते ११:३६     विकासन्युज

काठमाडौं। नेपालको प्रमुख पर्यटकीयस्थल राजधानीको ठमेलको प्रवेशद्वारमा नै ओजी लाउन्ज नामको आधुनिक रेष्टुराँ एण्ड डिस्को सञ्चालनमा आएको छ ।

सो रेष्टुराँको आइतबार साँझ शुभारम्भ गर्दै नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले ठमेल अन्तराष्ट्रिय स्तरकै पर्यटकीय केन्द्र भएकाले यस रेष्टुराँले पर्यटकलाई थप सुविधा र मनोरञ्जन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आर्थिक समृद्धिका लागि पर्यटन प्रवद्र्धन गरी युवावर्गलाई रोजगारी दिनुपर्ने विचार व्यक्त गरे ।

रेष्टुराँका सञ्चालक दिनेश श्रेष्ठले पारिवारिक वातावरणमा स्वच्छ मनोरञ्जन र स्वादिलो खानाको सुविधाका लागि रेष्टुराँले सेवा दिने बताए । ७० जना ग्राहकको क्षमता रहेको सो रेष्टुराँमा गीत–सङ्गीत, दुई तलामा लाइभ वार, स्पोर्ट वार, विभिन्न परिकारका खानाको सुविधा रहेको र मध्यमवर्गले समेत सुविधा लिन सक्ने मूल्य राखिएको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.