१५ हजार प्रतिनिधि छानिन ६२ हजार उमेदवारबीच भिडन्त, ३ वटा प्रदेशमा आज चुनाव

  २०७४ असार १४ गते ७:२५     विकासन्युज

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमाा आज प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहमा आज मतदान हुँदैछ ।

यो मतदानबाट १५ हजार ३८ जना निर्वाचिात हुने भएका छन् ।

मतदानका लागि ४ हजार ५ सय ८१ मतदान स्थलमा आठ हजार तीन सय ६४ मतदान केन्द्र तोकिएमा छन् ।

मतदाताले बिहान ७ कजेदेखि अपराहन्न ५ बजेसम्म तोकिएको मतदान केन्द्र पुगेर एक पद, एक मतको आधारमा बहुमतीय निर्वाचन प्रणाली अन्तर्गत स्थानीय तहको प्रमुख, उप प्रमुख, वडाध्यक्ष र वडाका चार सदस्यलाई गोप्य रुपमा मतदान गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.