जर्मन प्रविधिको एरो ब्रिक्स नेपाली बजारमा, बलियोसँगै सस्तो पनि

  २०७४ असार १० गते १२:१८     विकासन्युज

जर्मन प्रविधिको एरो ब्रिक्स नेपाली बजारमा आएको छ । एरो ब्रिक्स कम्पनी प्रा. लिले बजारमा ल्याएको उक्त एसीसी ब्लक्स अन्य इँटाको तुलनामा सस्तो, हलुका र बलियो भएको कम्पनीले बताएको छ ।

उक्त ब्लक सिमेन्ट, बालुवा, चुन र एल्मोनियमको समिश्रणबाट बनेको कम्पनीका कम्पनीका कार्यकारी निर्देशक बाबुराजा रावलले बताए । एसीसी ब्लक्सले घर निर्माणमा पुरानो प्रविधिलाई विस्थापित गर्ने उनको भनाइ छ ।

५० करोड लागतमा चितवनको चैनपुरको साढे तीन विगा जमिनमा स्थापना भएको उक्त प्लान्टबाट दैनिक तीन देखि चार लाख गोटा र्इँटा उत्पादन गर्ने कम्पनीले जानकारी दिएको छ । ‘काम सबै प्रविधिबाट हुने भएकाले कम्पनी सञ्चालनको लागि खासै जनशक्तिको आवश्यक नपर्ने उनको भनाइ छ ।

४, ६ र ८ इन्चमा उत्पादन हुने उक्त ईँटा उचाल्न हल्का हुनाका साथै निर्माण लागत पनि कम लाग्ने कम्पनीले जानकारी दिएको छ । ‘आठ इन्चको एउटा एसीसी ब्लक बराबर १८ वटा रातो इँटा हुन्छ, उनले भने ‘उक्त ब्लकको मूल्य दुई सय ६५ रुपैया पर्छ ।’ छ इन्चको एउटा इँटाको मूल्य दुई सय १० रुपैयाँ पर्ने कम्पनीले बताएको छ ।

बजारमा हाल प्रति गोटा रातो इ्रँटाको मूल्य १६ देखि १८ रुपैयाँसम्म पर्छ भने सोही साइज बराबरको एउटा इँटाको मूल्य १५ रुपैयाँ पनि नपर्ने अधिकारीले बताए । वातावरण मैत्री उक्त इँटा आवास, विद्यालय, अपार्टमेन्ट, कल–कारखाना निर्माण गर्दा प्रयोग गर्न सकिने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.