संसद्को तेस्रो अधिवेशन शुरु, अर्को बैठक मङ्गलबार बिहान ११ः०० बजे बस्ने

  २०७४ जेठ ८ गते १४:५५     विकासन्युज

काठमाडौं। व्यवस्थापिका-संसद्को तेस्रो अधिवेशन सोमबारदेखि शुरु भएको छ । बैठक शुरु हुनेबित्तिकै सभामुख ओनसरी घर्तीले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र वाचन गरेर सुनाएका थिए ।

बैठकमा विभिन्न आन्दोलन तथा सङ्घर्षमा सहादत प्राप्त गरेका ज्ञात तथा अज्ञात सहिदप्रति दुई मिनेट मौनधारण गरिएको थियो ।

यस्तै, बैठकमा आर्थिक वर्ष २०७४/७५ को आयव्ययको अनुमानमाथि सैद्धान्तिक छलफलका लागि मङ्गलबार विचारविमर्श गर्ने गरी कार्यसूची तय भएको जानकारी गराइयो ।

सो छलफल आगामी आवको बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा केन्द्रित हुने छ । व्यवस्थापिका-संसद्को अर्को बैठक मङ्गलबार बिहान ११ः०० बजे बस्नेछ ।

आगामी आवको नीति तथा कार्यक्रम यही जेठ ११ गते प्रस्तुत गर्ने सरकारको तयारी छ । राष्ट्रपति भण्डारीले उक्त दिन सरकारको नीति तथा कार्यक्रम संसदसामु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.