निजीलाई फेरि इन्धन आयात गर्न दिने तयारी, गृहकार्य तीब्र

  २०७४ जेठ ५ गते ७:४६     विकासन्युज

काठमाडौं । अपूर्ति मन्त्रालयले फेरि निजी क्षेत्रलाई इन्धन आयात गर्न दिने तयारी थालेको छ । मन्त्रालयले निजी क्षेत्रलार्य पेट्रोलियम पदार्थ आयात गरी विक्री वितरणको जिम्मेवारी दिने तयारी गरेको छ ।

आपूर्ति मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेको प्रधानमन्त्री कार्यालयबाट निजी क्षेत्रलाई नेपाल आयल निगमको हैसियत सहर इन्धन कारोबार गर्ने अनुमति प्रदान गर्नुपर्ने दबाब परेपछि आपूर्तिले अनुमति प्रदान गर्ने तयारी गरेको हो ।

यसअघी पनि सरकारले निजी क्षेत्रलाई इन्धन आयात र विक्री गर्न अधिकार दिएको थियो । स्रोतका अनुसार निजी क्षेत्रलाई यसअघि दिएको व्यवस्था प्रभावकारी हुन नसकेको भएपनि फेरि निजी क्षेत्रसँग मिलेमतो गरी प्रधानमन्त्री दाहालको दबाबामा आपूर्ति मन्त्रालय निजी क्षेत्रलाई अनुमति दिने गृहकार्यमा जुटेको हो । अन्नपूर्ण पाेस्टबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.