सनराईज बैंकको नाफा ४७ प्रतिशतले वृद्धि, लगानीकर्ताको प्रतिफलमा ३ प्रतिशतले गिरावट

  २०७४ वैशाख २२ गते ९:०६     विकासन्युज

काठमाडौं । सनराईज बैंकका नाफा ४७ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा ८६ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको छ । यस बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ५८ करोड ८१ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकको खुद नाफा बढेपनि रिटर्न अन इक्वीटी अर्थात प्रतिसेयर आम्दानी घटेको छ । गत वर्ष रिटर्न अन इक्वीटी १८.०१ प्रतिशत रहेकोमा यो वर्ष १५.५५ प्रतिशतमा झरेको छ । यसको अर्थ लगानीकर्ताले पाउने लाभांशमा करिव ३ प्रतिशतले घटेको देखिएको छ । बैंकको चुक्ता पुँजी ५ अर्ब ४५ करोड रुपैयाँ छ । जगेडा तथा संचित कोषमा २ अर्ब रुपैयाँ छ ।

बैंकले चैत मसान्तसम्ममा ५६ अर्ब २९ रुपैयाँ निक्षेप परिचालन गरेको छ भने कर्जा सापटी ५० अर्ब ८६ करोड र लगानी ७ अर्ब ७२ करोड गरेको छ । कर्जा निक्षेप अनुपात ७९ प्रतिशत छ ।

बैंकको खराव कर्जा १.५ प्रतिशत छ जुन पुस मसान्तको तुलनामा केही बढी हो । बैंकको कष्ट अफ फण्ड बढेर ४.४३ प्रतिशत पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.