नेपाल लाइफको २५ प्रतिशत बोनस दिने प्रस्ताव पारित, चुक्ता पूँजी ३ अर्ब नाघ्यो

  २०७३ चैत १४ गते १३:०७     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांस दिने भएको छ ।

कम्पनीले २५ प्रतिशत अर्थात ६१ करोड १२ लाख ८५ हजार ७२५ रुपैयाँको बोनस दिने प्रस्ताव पारित गरेको छ ।सोमबार बिहान सम्पन्न कम्पनीको १७औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

कम्पनीले २०७३ को असार मसान्त सम्ममा कायम चुक्ता पूँजीमा एफपीओ जारी पश्चातको कायम भएको पूँजीमा सो मात्राको बोनस दिएको हो । कम्पनीको एफपीओ पश्चात कायम पूँजी २ अर्ब ४७ करोड ७१ लाख ४२ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै सो मात्राको बोनस पश्चात कम्पनीको पूँजी ३ अर्ब रुपैयाँ नाघेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.