सेती फाइनान्सको साधारणसभा चैत ३० गते, कहिलेदेखि बुक क्लोज?

  २०७३ चैत ८ गते १२:५५     विकासन्युज

काठमाडौं । सेती फाइनान्सले आगामी चैत ३० गते वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि चैत २१ गतेदेखि ३० गतेसम्म कम्पनीको बुक क्लोज रहने छ ।

उक्त सभामा कम्पनीले सेयरधनीलाई १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीको सञ्चालक समितिको निर्णयलाई पारित गर्दैछ । कम्पनीले ५७ लाख १० हजार रुपैयाँ बराबरको बोनस वितरण पश्चात कायम हुने पूँजीमा सो मात्राको हकप्रद निष्कासन गर्न लागेको बताएको छ ।

हाल कम्पनीको पूँजी १५ करोड ८६ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको पूँजी १६ करोड ४३ लाख रुपैयाँ हुनेछ । त्यसपछि १५० प्रतिशत हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी ४१ करोड ८ लाख रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता १७९ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.