मुग्लिन नारायणगढ सडक अब दैनिक ६ घण्टा अबरुद्ध, विहान १० बजेदेखि ४ बजेसम्म सवारी आवागमन ठप्प

  २०७३ चैत ८ गते ८:३९     विकासन्युज

काठमाडौं । विश्व वैंकको ऋण सहयोगमा बाटो विस्तारको काम भइरहेको मुग्लिन नारायणगढ सडक खण्ड अब दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

यो सडक दैनिक विहान १० बजेदेखि ४ बजेसम्म बन्द गरेर बाटो विस्तरको काम गर्ने यो सडक आयोजनाले जानकारी दिएको छ ।

यस अघि विहान साढे १० देखि ३ बजेसम्म अर्थात साढे चार घण्टा नियमित मर्मतको लागि सडक बन्द गर्ने गरिएकोमा अब यही चैत्र १५ गतेबाट दैनिक ६ घण्टा बाटो बन्द गरेर मर्मत गरिने भएको छ ।

यो आयोजनाले यसको विकल्प अन्य सडक प्रयोग गर्न र धैर्य गर्न पनि आम सर्वसाधार तथा बाटो प्रयोगकर्तासँ अनुरोध गरेको छ । यो बाटो दुई लेनबाट चारलेनको बनाउने काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.