नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभा चैत २५ गते, के के छन् विशेष प्रस्ताव ?

  २०७३ चैत ७ गते १३:०४     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी चैत २५ गते कम्पनीको विशेष साधारणसभा बोलाएको छ । उक्त सभामा बैंकले एस डेभलपमेण्ट बैंकलाई प्राप्ती(एक्विजिशन) गर्ने सम्बन्धी विशेष प्रस्ताव लैजादैँ छ ।

सो प्रयोजनको लागि चैत १४ गतेदेखि चैत २५ गतेसम्म बैंकको बुक क्लोज हुने छ । कम्पनीले चैत २५ गते (शुक्रबार) बिहान १० बजे डिल्लीबजारको अमृतभोग क्याटरर्सका विशेष साधारणसभा बोलाएको छ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ७० करोड रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६९६ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.