भृकुटीमण्डपको अन्तराष्ट्रिय व्यापार मेलामा महासंघ चुनावको रौनक(फोटो फिचर)

  २०७३ चैत ३ गते १३:३२     विकासन्युज

काठमाडौं । राजधानीको भृकुटीमण्डमा बिहिबारदेखि छैठौं नेपाल अन्तराष्ट्रिय व्यापार मेला सुरु भएको छ । मेलामा स्वदेशी तथा विदेशी गरि ३४० वटा स्टल रहेका छन् । मेलामा थुप्रै जिल्ला/नगर उद्योग बाणिज्य संघ तथा बस्तुगत  संघहरुले सहभागीता जनाएका छन् ।

महासंघको आगामी निर्वाचनमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने जिल्ला/नगर उद्योग बाणिज्य संघ र वस्तुगत संघहरुको उल्लेख्य सहभागीता रहेकाले बिहिबार भृकुटीमण्डपमा चुनावी रौनक देखिन्थ्यो । बरिष्ठ उपाध्यक्षका उम्मेदार शेखर गोल्छा र किशोर प्रधान दुबै भृकुटीमण्डको त्यो अवसरलाई सदुपयोग गर्न उद्यत देखिन्थे ।


जिल्ला तर्फको उपाध्यक्ष उम्मेदवार बनेका दिनेश श्रेष्ठ र प्रमोद श्रेष्ठ पनि मेलाको सदुपयोगमा जुटेका थिए ।
उता, एसोसियटका उम्मेदवार चन्द्र ढकाल, बस्तुगत तर्फका उम्मेदवार शंकर पाण्डे लगायत पनि उपस्थित थिए ।

 

बरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेको शेखर गोल्छाले प्रधान समुहबाट वस्तुगत उपाध्यक्षमा उम्मेदारी दिनै तयारी गरेका शंकर पाण्डेलाई भने–महासंघले वस्तुगतलाई हेरेन भन्ने तपाईहरुको गुनासो रहेछ, हामीले त सबैलाई हेर्ने हो, कसैलाई काखा कसैलाई पाखा गर्नै मिल्दैन, बैंकको सिइओले एकाउण्ट हेर्न जान्दिन भन्न नमिले झै महासंघले पनि कसैलाई नजिक र कसैलाई टाडा बनाउन मिल्दैन् ।

 

मेलामा महासंघका अध्यक्ष पशुपति मुरारका, बरिष्ठ उपाध्यक्ष भवानी राणा तथा पुर्व अध्यक्ष चण्डीराज ढकाल पनि मतदाताहरु रिझाउन लागि परेका देखिन्थे । बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान भने मेला उद्घाटन समारोहमा सहभागी भए लगत्तै बाहिरिएका थिए ।‘म चुनावको तयारी छु, मेला उद्घाटनमा सहभागी भएर तुरुन्तै बाहिरिनु पर्यो, मेलामा सहभागी व्यवसायीसँग एक पटक भेटघाट गरिसकेको छु’, प्रधानले भने ।

मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । उनले निजी क्षेत्रको सहयोगबिना मुलुकले आर्थिक समृद्धि प्राप्त गर्न नसक्ने बताउँदै सरकार र निजि क्षेत्रका सहकार्यलाई अझै बजबुत बनाउँदै लैजाने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।  मेलामा चीन, भारत, वंगलादेश, पाकिस्तान, थाइल्याण्ड लगायत देशका कम्पनीहरुको सहभागिता रहेको छ । चीनबाट ८५, भारत १०, पाकिस्तान २०, बंगलादेश ५०, थाइल्याण्ड २ वटा कम्पनीले सहभागीता जनाएका छन् ।

हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टीलका छुटछुट्टै स्टलहरु रहेका छन् । त्यसैगरि मेलामा तयारी पोशाक, छाला तथा छालाजन्य उत्पादनहरु, नयां प्रविधि तथा उपकरणहरु, खाद्यन्न, फर्निचर, फेसन वेयर, होम डेकोर, सेवा क्षेत्रका विविध स्टलहरु मेलाका आकर्षण हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.