आईएमईबाट पैसा पठाउँदा गाडी उपहार पाउने ज्ञानबहादुर क्षेत्रीलाई सम्मान

  २०७३ फागुन २७ गते १५:२१     विकासन्युज

काठमाडौं । कतारस्थित रिया मनीट्रान्सफरको संजालमा आवद्ध नेशनल एक्सचेन्जबाट आईएमई मार्फत् पैसा पठाउँने ज्ञानबहादुर क्षेत्रीलाई आईएमईले सम्मान गरेको छ । क्षेत्रीले पैसा पठाउँदा निसान सन्नी ब्राण्डको गाडी उपहार स्वरूप प्राप्त गरेका छन् । उनले गत महिना नेपाली रुपैयाँ १ लाख २० हजार रुपन्देहीस्थित आफ्नो घरमा पठाएका थिए । बुटवलस्थित आईएमईको व्यावसायीक साझेदार संस्था तिनाउ विकास बैंकबाट उक्त रकम भुक्तानी भएको थियो ।

आईएमईमा कार्यरत कर्मचारीहरुको उपस्थितीमा आईएमई केन्द्रीय कार्यालय पानीपोखरीमा प्रवन्धक रुद्रराज पौडेल र खिलेन्द्र पौडेलले संयुक्त रूपमा क्षेत्रीलाई सम्मान गरेका हुन् ।

रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १६औँ वर्षसम्ममा नेपालका शहरीतथा ग्रामिण क्षेत्रलाई समेटेको छ । हाल कम्पनीले ७५ जिल्लाका ५,७०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले पठाएको रकम उनीहरुका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.