नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा चैत १४ गते हुँदै, के के छन् प्रस्ताव?

  २०७३ फागुन १८ गते १३:४९     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको १७औँ वार्षिक साधारणसभा चैत १४ गते हुने भएको छ । उक्त सभामा कम्पनीले आफ्ना सेयरधनीलाई २५ प्रतिशत अर्थात ६१ करोड १२ लाख ८५ हजार ७२५ रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

कम्पनीले २०७३ को असार मसान्त सम्ममा कायम चुक्ता पूँजीमा एफपीओ जारी पश्चातको कायम हुने पूँजीमा सो मात्राको बोनस दिन लागेको हो । कम्पनीको एफपीओ पश्चात कायम हुने पूँजी २ अर्ब ४७ करोड ७१ लाख ४२ हजार ९०० रुपैयाँ रहेको छ ।

कम्पनीको साधारणसभा सम्वन्धिको निर्णय फागुन १७ गते बसको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।  उक्त साधारणसभा प्रयोजनको लागि फागुन २७ गतेदेखि चैत १४ गतेसम्म कम्पनीको  बुक क्लोज रहने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.