सेयर बजार ओरालो लाग्ने क्रम जारी, कारोबार रकम ३० करोडमा खुम्चियो

  २०७३ फागुन १२ गते १५:२८     विकासन्युज

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । बिहीबार नेप्से परिसूचक ६ दशमलब ६५ अंकले ओरालो लागेर १३३७ दशमलब ४६ अंकमा अडिएको छ । यस साताको सोमबारदेखि ओरालो लागेको बजार बिहीबार सम्म निरन्तर ओरालो लागि रहेको छ । आइतबारको तुलनामा बिहीबारसम्ममा नेप्सेमा करिब ३० अंकको गिरावट आएको छ ।

परिसूचकसँगै करोबार रकममा पनि भारी गिरावट आएको छ । सोमबार करिब ८२ करोड रुपैयाँको सेयर कारोबार भएको बजारमा बिहीबार ३० करोड ४८ लाख रुपैयाँमा खुम्चिएको छ । जुन सोमबारको तुलनामा करिब ५१ करोड ५० लाख रुपैयाँ घटी हो ।

बिहीबार होटल र अन्य समूहको परिसूचक उकालो लागेका छन् भने कारोबार भएका बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । होटल र अन्य समूहका परिसूचक क्रमशः १५ र ३ अंकले ओरालो लागेका हुन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३५ अंकले ओरालो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.