सिन्धु विकास बैंकको ८० प्रतिशत हकप्रद पारित, बिक्री प्रवन्धकमा एनआईबिएल क्यापिटल नियुक्त

  २०७३ फागुन ११ गते १३:४३     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकको सातौ वार्षिक साधारणसभाले ८० प्रतिशत (१०ः८ अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने प्रस्तावलाई पारित गरेको छ । बैंकले सेयरधनीलाई २० लाख ९७ हजार ५०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

साथै, उक्त सभाले बैंकको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धकमा एनआईबिएल क्यापिटल मार्केट्सलाई नियुक्त गरेको छ । उक्त नियुक्त सम्वन्धि सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिव प्रधान र एनआईबिएल क्यापिटलका तर्फबाट महाप्रवन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

हाल बैंकको चुक्ता पूँजी २६ करोड २१ लाख रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद सेयर जारी पश्चात बैंकको पूँजी ४७ करोड १९ लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ । बैंकका अनुसार आर्थिक २०७३/७४ को बोनस वितरण पश्चात नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ बढी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.