नेप्सेमा भारी गिरावट, बीमा समूह ३४६ अंकले ओर्लियो, १२७ कम्पनीका लगानीकर्ताले गुमाए

  २०७३ फागुन १ गते १५:२९     विकासन्युज

काठमाडौं । आइतबार कारोबार शुरु भएसँगै नेप्से परिसूचकमा भारी गिरावट आएको छ । कारोबार शुरु भएको पौने घण्टा नबित्दै २५ अंकले घटेर १२६८ अंकमा पुगको नेप्से परिसूचक बजार बन्द हुँदा ४३ अंकले घटेर १२५२ दशमलब ५० अंकमा अडिएको छ ।

बजारमा ४९ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १३२ कम्पनीको १३ लाख ९ हजार कित्ता सेयर कारोबार भएको हो ।

आइतबार १२७ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । प्राइम लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । त्यस्तै, एनबी इन्स्योरेन्स, राप्ती भेरी विकास बैंक, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र अन्लपाइन डेभलपमेन्टका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् । सो दिन जम्मा ५ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

आइतबार होटल समूह बाहेक अन्य समूहको परिसूचक ओरालो लागेको छ । होटल समूहको परिसूचक १५ अंकले उकालो लागेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३४६ अंकले ओरालो लागेको छ । त्यस्तै, अन्य समूहको परिसूचक बाहेक बजारमा कारोबार भएका बाँकी समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् । अन्य समूहको परिसूचक ६ अंकले ओरालो लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.