विश्वका ठूला अर्थतन्त्रमा पहुँच बढाउँदै नेपाली उत्पादन, सात देशका १६ शहरमा नेपाली उत्पादनका छुट्टै बिक्री स्थल राखिदैँ

  २०७३ माघ २३ गते १७:१७     विकासन्युज

exhibition_hallकाठमाडौं । अमेरिका, चीन, भारत र जापान जस्ता ठुला अर्थतन्त्र भएका मुलुकका बिभिन्न शहरहरुमा नेपाली उत्पादनहरुको छुट्टै बिक्रि कक्ष स्थापना हुने भएको छ । यसले विश्वका ठुला अर्थतन्त्र भएका मुलुकहरुमा नेपाली उत्पादनको पहुँच विस्तारमा सघाउ पुर्याउने छ । उद्योग मन्त्रालयको पहलमा अमेरिका, चीन, जापान, भारत, याङगुन, म्यान्मार र कोरियाका १६ शहरमा नेपाली उत्पादनका छुट्टै बिक्रि कक्ष सञ्चालनमा आउन लागेका हुन् ।
काठमाडौं महानगरपालिकाको भगिनी सम्बन्ध स्थापित शहरहरुमा त्यस्ता बिक्रि कक्ष स्थापना गर्ने सम्बन्धी सम्झौतामा उद्योग मन्त्रालय र महानगरपालिकाबिच सम्झौता भएको हो । सो सम्बन्धी सम्झौता पत्रमा उद्योग मन्त्रालयका तर्पmबाट सह सचिव दिनेश घिमिरे र काठमाडौं महानगरपालिकाका  महानगरपालिकाका कार्यकारी प्रमुख रुद्र सिं तामाङ्गले हस्ताक्षर गरेका हुन् ।

सहमती अनुसार काठमाडौं महानगरपालिकाको भगिनी सम्वन्ध स्थापना भएका शहरहरुमा महानगरपालिकाले नेपाली वस्तुहरुको विक्री प्रवद्र्धन गर्ने उद्धेश्यले प्रदर्शनी तथा विक्री प्रवद्र्धन कक्ष संचालनमा ल्याउने छ । यसबाट नेपाली वस्तुहरुका लागि ग्राहक बढ्नुका साथै नेपाली उद्योगहरुको विकास र विस्तारमा टेवा पुग्ने उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए ।

मन्त्री जोशीले राष्ट्रिय स्वार्थमा एक अर्का संस्थाहरुको सहयोगलाई समन्वयात्मक रुपमा अगाडि बढाउने उद्धेश्यका साथ उद्योग मन्त्रालयले यस प्रकारको कार्यलाई अगाडी बढाएको पनि बताए । सम्झौतासँगै विश्वका ठुला अर्थतन्त्रका रुपमा स्थापित अमेरिका, चीन, जापान र भारतका बिभिन्न शहरमा नेपाली उत्पादनको स्थायी बिक्रि कक्ष रहनेछ ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्र सिं तामाङ्गले अहिले काठमाडौं महानगरपालिकाको विश्वका १६ वटा शहरहरुसंग भगिनी सम्वन्ध कायम रहेको र निकट भविष्यमा नै थप २० वटा शहरहरुसँग भगिनी सम्वन्ध कायम हुने क्रममा रहेको जानकारी दिएका थिए ।

उनले नेपाली उत्पादनलाई विश्वभर फैलाउन सम्झौताले महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा पनि उनले व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.