६ महिनामा १२ अर्ब रुपैयाँको बोनस वितरण, २६ कम्पनीले दिए २० प्रतिशतभन्दा बढी बोनस

  २०७३ माघ १३ गते १६:०१     मञ्जरी पौडेल

काठमाडौं, १३ माघ । चालु आर्थिक वर्षको ६ महिनासम्ममा १२ अर्ब ४० करोड ३५ लाख रुपैयाँ बराबरको बोनस वितरण भएको छ । धितोपत्र बोर्डका अनुसार सो अवधिसम्ममा ५८ कम्पनीले १२ करोड ४० लाख कित्ता बोनस सेयर वितरण गरिसकेका छन् ।

गत साउनदेखि माघ ११ गतेसम्ममा ५८ कम्पनी मध्ये २६ कम्पनीले २० प्रतिशतभन्दा बढी बोनस वितरण गरेका छन् । त्यस्तै, १० प्रतिशतभन्दा बढी मात्रामा बोनस दिनेमा अन्य ५१ वटा कम्पनी रहेका छन् ।

रकमका आधारमा सबैभन्दा बढी बोनस सेयर नेपाल इन्भेष्टमेन्ट बैंकले दिएको छ । बैंकले आफ्ना लगानीकर्तालाई १ अर्ब ४९ करोड रुपैयाँबराबरको एक करोड ४९ लाख कित्ता बोनस वितरण गरेको छ । त्यस्तै, नविल बैंकले एक अर्ब ४२ करोड, सनराइज बैंकले एक अर्ब ३२ करोड र एनआइसी एसिया बैंकले एक अर्ब २० करोड रुपैयाँ बोनस दिएका छन् ।

त्यस्तै, प्रतिशतका आधारमा सिटिजन इन्भेष्टमेन्ट ट्रष्टले सबैभन्दा बढी बोनस दिएको छ । कम्पनीले सेयरधनीलाई ३५ प्रतिशत बोनस दिएको हो । त्यस्तै, सनराइज बैंकले ३३.३३ प्रतिशत, नेपाल बङ्गलादेश बैंकले ३२ प्रतिशत र नविल बैंकले ३० प्रतिशत बोनस वितरण गरेका छन् ।

हेर्नुहोस् कसको बोनस कति ?
BonusShareRegistration

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.