आइतबार नेप्से परिसूचक १४६५ अंकमा, ३० करोड रुपैयाँको सेयर कारोबार

  २०७३ माघ ९ गते १५:३८     विकासन्युज

nepse_sunकाठमाडौं, ९ माघ । आइतबार नेप्से परिसूचकमा सामान्य सुधार आएको छ । परिसूचक ३ दशमलब २८ अंकले बढेर १४६५ दशमलब ८४ अंकमा पुगेको छ । परिसूचकमा केही सुधार आएता पनि सेयर कारोबार रकममा भने गिरावट आएको छ । बजारमा जम्मा २९ करोड ९१ करोडको सेयर किनबेच भएको छ । उक्त रकम बिहीबारको तुलनामा ४ करोड बढी रुपैयाँ घटि हो । आइतबार १३२ कम्पनीको ७ लाख २९ हजार कित्ता सेयर किनबेच भएको छ ।

बजारमा कारोबार भएका तीन समूहको परिसूचक बाहेक बाँकी समुहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी उत्पादन मूलक समूहको परिसूचक ३३ दशमलब ३८ अंकले उकालो लागेको छ । हाइड्रोपावर, फाइनान्स र विकास बैंक समूहको परिसूचक क्रमशः १२, ४ र २ अंकले ओरालो लागेका छन् ।

आइतबार प्रभु बैंक लि प्रमोटर सेयरको सबैभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । ६ करोड बढी रुपैयाँको सेयर कारोबार भएको उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०१ रुपैयाँ रहेको छ ।

सो दिन राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । आइतबार उनीहरुले ७ प्रतिशत गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.