नेप्से सामान्य अंकले उकालो, राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

  २०७३ माघ ६ गते १५:२७     विकासन्युज

nepse_thursकाठमाडौं, ६ माघ । साताको अन्तिम दिनको सेयर कारोबारमा सामान्य सुधार आएको छ । नेप्से परिसूचक शून्य दशमलब ३३ अंकले बढेर १४६२ दशमलब ५६ अंकमा पुगेको छ । बुधबार जस्तै बिहीबारको बजारमा पनि केही उतार चढाव आएको छ । बजारमा ३३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १३१ कम्पनीको ११ लाख १ हजार कित्ता सेयर किनबेच भएको छ ।

बिहीबारको बजारमा सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । ९ दशमलब ४४ अंकले बढेको कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२ सय ४४७  रुपैयाँ रहेको छ । त्यस्तै, कर्नाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ प्रतिशत कमाएका छन् । हिमालयन डिष्टिलरीको सेयर मूल्य करिब ६ प्रतिशतले घटेको छ । बजारमा यस कम्पनीको सेयर मूल्य ६३७ रुपैयाँ रहेको छ ।

सोही दिन उत्पादन मूलक समूह र बैंकिङ् समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् भने कारोबार भएका बाँकी समूको परिसूचक सामान्य अंकले उकालो लागेका छन् । बीमा समूको परिसूचक ५२ दशमलब ४ अंकले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.