भूकम्प कम प्रभावित जिल्लाको लगत संकलन कार्य शुरु, थप सय इन्जिनियर अपुग

  २०७३ माघ २ गते १४:४४     विकासन्युज

central_bureau_of_statisticकाठमाडौं, २ माघ । केन्द्रीय तथ्याङ्क विभागले भूकम्प कम प्रभावित जिल्लाको लगत संकलन कार्य शुरु गरको छ । २०७२ वैशाख १२ को भूकम्प र तयसपछिको परकम्पनले नेपाका ३१ जिल्लामा क्षति पुर्याएको थियो । त्यस मध्ये अतिप्रभावित १४जिल्लाको लगत संकलन कार्य यस अघिनै सकिसकेको छ भने बाँकी १७ जिल्लामा भूकम्प प्रभावितको लगत संकलन कार्य शुरु गरको हो ।

उक्त १७ जिल्लाको लगत संकलन गर्न पाँचसय ४० इन्जिनियर आवश्यक पर्नेमा हाल विभागले करिब तीन सय इन्जिनियरलाई फिल्डमा पठाइसकेको विभागका उपमहानिर्देशक डा. रुद्र सुवालले जानकारी दिए । ‘सर्वेक्षणका लागि हामीलाई पाँच सय ४० इन्जिनियरको आवश्यकता छ,’ उनले भने ‘ एक सयलाई भोलि सोमबारदेखि तालिम दिँदै छौं भने अर्को एक सयभन्दा बढी इन्जिनियकर अझैसम्म पाएका छैनौ ।’ आगामी सातासम्म इन्जिनियरहरुलाई फिल्डमा पठाउन नसके लगत संकलन कार्य ढिला हुन सक्छ । सरकारले माघ महिनासम्म भूकम्प प्रभावित सबै जिल्लाको लगत संकलन गर्ने कार्य गरिसक्ने कार्यक्रम बनाएको थियो । ‘तर, आगामी सातासम्म पनि इन्जिनियर पाइएन भने तथ्याङ्क संकलननै ढिला हुन जान्छ ।’

यस अघि भूकम्प प्रभावित क्षेत्रको लगत संकलन गर्दा सरकारले अध्ययन पुरा नगरेका इन्जिनियरका पढ्दै विद्यार्थीलाइ समेत सो कार्यक्रम (लगत संकलन) मा समावेश गरेका थिए । त्यसले गर्दा तथ्याङक संकलनमा समस्या आएपछि अहिले भने डिप्लोमा पास गरेर प्रमाणपत्र पाइसकेका इन्जिनियरलाई मात्र सो कार्यधक्रममा समावेश गर्ने नीति बनाएसँगै इन्जिनियरको अभाव भएको हो । अब अर्को सातासम्म पनि इन्जिनियर नपाएमा पढ्दै गरेका विद्यार्थीलाई भएपनि लगत संकलन कार्यमा समावेश गर्नु पर्ने वाध्यता हुने सुवालको भनाइ छ ।

सुवालका अनुसार पहिलेको जस्तै ट्यावमा तथ्याङ्क संकलन कार्य गरिने भएकोले कतिपय जिल्लाको लगत आउने कार्य पनि भइरहेको छ । सरकारले यस अघि भू्कम्प अतिप्रभावित १४ जिल्लाको लगत संकलन कार्य गरिसकेको छ । धेरै जसो घरधनीसँग अनुदान सम्झौता गरेर धमाधम पहिलो तथा दोस्रो किस्ता अनुदान वितरण कार्य भइरहेको छ । सबैभन्दा पछि शुरु गरिएको काठमाडौं उपत्यकाको लगत संकलन कार्य पनि सकिएर यहाँ पनि अनुदानको पहिलो किस्ता वितरण कार्य भइरहेको छ ।

भूकम्प कम प्रभावित जिल्लाहरुः
कास्की, तनहुँ, लमजुङ, स्याङ्जा, बागलुङ, गुल्मी, पाल्पा, पर्वत, गुल्मी, म्याग्दी, अर्घाखाची, सोलुखुम्बु, संखुवासभा, नवलपरासी, भाजपुर, धनकुटा, खोटाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.