स्वावलम्बन लघुवित्त विकास बैंकको ५३ दशमलब ६८ प्रतिशत लाभांश पारित

  २०७३ पुष २० गते १५:५१     विकासन्युज

काठमाडौं, २० पुस । स्वावलम्बन लघुवित्त विकास बैंकको प्रस्तावित ५३ दशमलब ६८ प्रतिशत लाभांश पारित भएको छ । बुधबार सम्पन्न बैंकको १५ औं वार्षिक साधारण सभाले सेयरधनीलाई ३४ प्रतिशत बोनस सेयर र १९.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

swabalamban_15thagm

बैंकले आर्थिक वर्ष २०७२/७३ मा ३२ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सभाले वित्तीय संस्थाको हाल कायम अधिकृत पूँजी ५० करोड रुपैयाँलाई बृद्धि गरी १ अर्ब पुर्याउने विशेष प्रस्ताव सहितको आ.व. २०७२/७३ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म बैंकको कर्जा रकम ६ अर्व ९९ करोड रुपैयाँ पुगेको छ । बैंकको अधिकृत पूँजी ५० करोड रुपैयाँ छ । साथै, सभाले जारी तथा चुक्ता पूँजी ४१ करोड ८५ लाख रुपैयाँ कायम गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.