बीमा समितिको अध्यक्ष नियुक्तीमा ढिलाई, प्रधानमन्त्रीले चाहेको व्यक्ति को ?

  २०७३ पुष १४ गते ११:३१     विकासन्युज

Prachandaकाठमाडौं, १४ पुस । सरकारले बीमा समितिको अध्यक्ष नियुक्तीमा ढिलाई गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा समितिको अध्यक्ष नियुक्ती सम्बन्धमा छलफल भएपनि निर्णय भएको छैन ।

स्रोतका अनुसार अर्थमन्त्रीले कृष्णवहादुर महराले समितिको अध्यक्षको लागि नामसहित प्रस्ताव गरेको थिए । प्रधानमन्त्री पुष्पकमल दालालले ‘यो विषयमा पछि निर्णय गरौ भनेपछि रोकिएको छ ।

स्रोतका अनुसार डा रविन्द्र घिमिरे, चिरञ्जीवि चापागाई र रमेशकुमार भट्टराई मध्ये एकलाई नियुक्ती गर्न अर्थमन्त्रीले प्रस्ताव गरेका छन् । प्रधानमन्त्रीको चासो अर्को व्यक्तिमा भएकोले रोकिएको हुन सक्ने अनुमान गरिएको छ । स्रोतका अनुसार डा रबिन्द्र घिमिरे नियुक्त हुने सम्भावना बढी छ ।

पुस ७ गतेदेखि बीमा समितिको अध्यक्ष पद खाली भएको छ । कार्यकारी अध्यक्ष पद खाली हुँदा बीमा समितिको दैनिक काम प्रभावित भएको छ । बीमा कम्पनीहरुको वार्षिक साधारणसभा लगायत नियमित गतिविधि रोकिएका छन् । बीमा एजेन्टहरुको हड्तालले जीवन बीमा कम्पनीहरुको नयाँ कारोबार पूर्ण रुपले बन्द भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.