नेप्से परिसूचक ५५.९४ अंकले ओरालो लाग्दा कारोबार रकममा भने ४७.३८ प्रतिशत वृद्धि

  २०७३ पुष ८ गते १७:४६     विकासन्युज

nepseकाठमाडौं, ८ पुस । यो साता सेयर बजारमा नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५५.९४ अंकले ओरालो लागेर अन्तिम दिन १४७५.४१ अंकमा पुगेको छ । साताको अन्तिम दिन बाहेक अन्य दिन नेप्से परिसूचक ओरालो लागेको थियो । साताभर जम्मा दुई अर्ब ८५ करोड १४ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सातामा पाँचै दिन कारोबार भएको बजारमा १५६ कम्पनीको ३६ लाख ३२ हजार दुई सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ४७ दशमलब ३८ प्रतिशतले बढी हो । गत साता पनि १५३ कम्पनीहरुको कारोबार भएको थियो । २१ हजार ५१९ कारोबारबाट दुई अर्ब ८५ करोड १४ लाख ३५ हजार रुपैयाँ बराबरका ३६ लाख ३२ हजार दुई सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

साताभर बजारमा कारोबार भएका प्राय सबै परिसूचक ओरालो लागेका छन् । बजारमा कारोबार भएका बीमा समूहको परिसूचक सबैभन्दा बढी अंक ४०३ अंकले ओरालो लागेको छ । त्यस्तै, जलविद्युत, बाणिज्य बैंक, होटल, विकास बैंक र वित्त समूहको परिसूचक क्रमशः १०३.८२, ६२.२६, ५७.९५, २५.८७ र २२.६९ अंकले ओरालो लागेका छन् ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १२.५५ अंकले घटेर ३१८.७६ अंकमा आईपुगेको छ । यस साता पनि सबैभन्दा बढी एभरेष्ट बैंकक ६६ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा र कारोबार संख्याको आधारमा पनि एभरेष्ट बैंक नै अग्रस्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.