बुटवल पावरको २७ प्रतिशत लाभांश पारित, चुक्ता पूँजी १ अर्ब ७९ करोड रुपैयाँ पुग्ने

  २०७३ पुष ८ गते १४:२६     विकासन्युज

butwal_agmकाठमाडौं, ८ पुस । बुटवल पावर कम्पनीको प्रस्तावित २७ प्रतिशत लाभांश पारित भएको छ । शुक्रबार बसेको कम्पनीको २४ औं साधारण सभाले ७ प्रतिशत बोनस सेयर तथा २० प्रतिशत नगद लाभांस गरि सो मात्राको लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

साथै साधारणसभाले बोर्डले तोकका शर्त र मापदण्डहरु पुरा गरेर एफपिओ निष्कासनको प्रक्रिया अगाडि बढाउने प्रस्ताव समेत पारित गरेको छ । उक्त कार्यक्रममा सभाले नयाँ सेयर निष्कासन (एफपिओ) जारी गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । बोनस सेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.