सानिमा बैंकको १२औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

  २०७३ मंसिर २४ गते १७:०३     विकासन्युज

sanima_blood_donationकाठमाडौं, २४ मंसिर । सानिमा बैंकको १२औं वार्षिकोत्सवको सम्पन्न भएको छ । उक्त अवसरमा लायन्स् क्लब अफ काठमाडौं समृद्धि र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, नारायण चौरको सहकार्यमा बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बैंकको  मुख्य कार्यालय अगाडी रहेको नन्दी केश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीय बासी, प्रहरी, लायन्स् क्लब अफ काठमाडौं समृद्धिका सदस्यतथा बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरेका छन् । सानिमा बैंकले स्थापनाकाल देखिनै सामाजिक उत्तर दायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
सानिमा बैंकको मेचीदेखि महाकालीसम्म ४१ वटाशाखा संजाल तथा ४७ वटा ए.टि.एम रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.