सेयर बजार ९.२२ अंकले घट्दा शिखर इन्स्योरेन्सको १६ करोडको सेयर कारोबार

  २०७३ मंसिर २३ गते १५:३३     विकासन्युज

nepse_thursdayकाठमाडौं, २३ मंसिर । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । साताको अन्तिम दिन बिहीबार पनि नेप्से परिसूच करिब १० अंकले घटेको छ । परिसूचक ९ दशमलब २२ अंकले घटेर १५४४ अंकमा झरेको छ । सो दिन १३४ कम्पनीको ७ लाख ३ हजार कित्ता सेयर ६० करोड २५ लाख रुपैयाँमा कारोबार भएको छ । उक्त कारोबार रकम बुधबारको तुलनामा १० करोडले बढी हो ।

झण्डै दोहोरो अंकले झरेको बजारमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको १६ करोड ५५ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बिहीबार कम्पनीको प्रतिकित्ता सेयर ३ हजार ६०० रुपैयाँ रहेको छ । त्यस्तै, एभरेष्ट बैंक र छिमेक लघुवित्त विकास बैंकको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ ।

nepse_thursday1-jpgबजारमा फाइनान्स समूहको परिसूचक बाहेक कारोबार भएका बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । बीमा र जलविद्युत समूहको परिसूचक क्रमशः ४५ र २६ अंकले ओरालो लागेका छन् । फाइनान्स समूहको परिसूचक सामान्य शून्य दशमलब ७ अंकले उकालो लागेको छ भने अन्य बाँकी समूहको परिसूचक सामान्य अंकले घटेका छन् ।

बजारमा सबैभन्दा बढी अरुण फाइनान्सका लगानीकर्ताले ८ प्रतिशत गुमाएका छन् भने सबैभन्दा बढी नबिल इन्स्योरेन्सका लागानीकर्ताले ८ प्रतिशत कमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.