सर्वोत्तम सिमेन्टको ओपिसी र पिएससी सिमेन्ट नेपाली बजारमा

  २०७३ भदौ २९ गते १०:१८     विकासन्युज

sarbottam-boraकाठमाडौं, २९ भदौ । सौरभ ग्रुप अन्तर्गतको कम्पनी सर्वोत्तम सिमेन्टले ओपिसी र पिएससी सिमेन्ट नेपाली बजारमा ल्याएको छ । आइएसओ १४००१ मान्यता प्राप्त सर्वोत्तम सिमेन्टको दैनिक ४० हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले डेनमार्कबाट आयातित मसिनरीहरु भिआरएम, क्रस वार कुलर, आइएमसिसि प्रविधिबाट नेपालकै चुन ढुंगा ४५०० व्लेन सम्म (मसिनोपन) को सिमेन्ट उत्पादन गरेको छ ।

उधोगमा जडित इ.एस.पी, ६ स्टेज प्रिहिटर तथा अन्य अत्याधुनिक प्रविधिले गर्दा उक्त सिमेन्टले कम प्रदुषण गर्ने कम्पनीले जनाएको छ । कम प्रदुषण गर्ने व्यवस्था भएकोले कम्पनीले उत्पादनको नाम नै सर्वोत्तम ग्रीन सिमेन्ट राखेको छ । उधोगले नेपालमा पहिलो पटक थर्मल पावर प्लान्ट जडान गरी विद्युत समेत उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.