नेपाल इन्स्योरेन्सको चैत ४ गतेदेखि बुक क्लोज, ७१औं साधारण सभामा जाँदै

  २०७६ फाल्गुन २३ गते ३:५०       विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको आगामी चैत ४ गतेदेखि १८ दिन बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि चैत २१ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

कम्पनीको ७१औं वार्षिक साधारणसभा चैत २१ गते सिनामङ्गलस्थित एयरपोर्ट होटलमा बिहान ११ बजे बस्दै छ ।

सभामा कम्पनीले सेयरधनीलाई ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ । कम्पनीले हालको चुक्ता पुँजीको ५ प्रतिशत बोनस र कर सहित २.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट सो मात्राको लाभांश पाउने छन् ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ९ करोड रुपैयाँ पुग्ने छ । ५ प्रतिशत बोनस सेयर पछि इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ नाघ्ने छ ।