बोनसपछि लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

  २०७७ आषाढ़ ८ गते २:४८       विकासन्युज

काठमाडौं । सोमबार लुम्बिनी जनरल इन्स्योरेन्सको मूल्य समायोजन भएको छ । कम्पनीको ८.१२५ प्रतिशत बोनस पछिको सेयर मूल्य नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा समायोजन भएको हो ।

मूल्य समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ सय ४६ रुपैयाँ तोकिएको छ ।

काठमाडौंको ज्ञानेश्वरमा केन्द्रिय कार्यालय रहेको इन्स्योरेन्सकोे चुक्ता पुँजी एक अर्ब १४ करोड रुपैयाँ रहेको छ । कम्पनीको कूल एक करोड १४ लाख १८ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत रहेको छ ।