Latest News

२०७६ मार्ग २९ गते १२:०१

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ३२ लाख २२ हजार ९४७ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट हालको चुक्ता पुँजीको सो मात्रा अर्थात कर पश्चात ६ करोड १२ लाख ३६ हजार रुपैयाँ बोनस शेयर वितरण गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब २ करोड ६ लाख रुपैयाँ रहेको छ । कम्पनी संचालक समितिको उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । ...

२०७६ ज्येष्ठ ३० गते १२:३०

काठमाडौं । बिहीबार सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा इन्स्योरेन्सको १५.४८४ प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ४७१.०७७ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ७४७.५३८ रुपैयाँ तोकिएको छ । ...

२०७६ ज्येष्ठ ३० गते ९:१९

काठमाडौं । आईएमई जनररल इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । चुक्ता पुँजीलाई बीमा समितिले तोकेको सीमामा पुर्याउन आईएमई जनरलले असार २९ गते बिहान ११ बजे बस्नेगरी वार्षिक साधारणसभा बोलाएको हो । कम्पनी सञ्चालक समितिको मंगलबारको बैठकले ५ प्रतिशत बोनस शेयरको प्रस्तावसहित काठमाडौंको लैनचौरस्थित एक ब्याङ्क्वेट्समा बस्नेगरी साधारणसभा बोलाएको हो । उक्त साधारणसभामा ५ प्रतिशत बोनश शेयर वितरणका अतिरिक्त एक जना रिक्त सञ्चालकको निर्वाचन हुने एजेन्डा समेत तय गरिएको छ । सो साधारणसभाको प्रयोजनको लागि असार १५ गते बुकक्लोज हुनेछ भने उक्त दिनदेखि साधारणसभाको दिनसम्म दोस्रो बजारमा उक्त कम्पनीको शेयर कारोबार हुनेछैन । पछिल्लो हकप्रद शेयर वितरणपछि ९७ करोड २० लाख पुँजी पुगेको आईएमई ५ प्रतिशत बोनस शेयरपछि पुँजी १ अर्ब २ करोड पुर्याउनेछ । ...

२०७६ ज्येष्ठ २८ गते १:५५

काठमाडौं । मंगलबार सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १२ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ६१३.६१ रुपैयाँ रहेको छ । ...

२०७६ ज्येष्ठ २८ गते १२:५९

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको आगामी असार १ गतेदेखि सेयर कारोबार रोक्का(बुक क्लोज) हुने भएको छ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि सभा सम्पन्न नभएसम्म इन्स्योरेन्सको बुक क्लोज गर्न लागेको हो । कम्पनीको २२औं वार्षिक साधारणसभा आगामी असार १३ गते बस्दै छ । उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको भाटभाटेनीस्थित आम्रपाली बैंङक्वेटसमा बस्ने भएको छ । सभाले सेयरधनीलाई ८६ प्रतिशत बोनस सेयर दिने विशेष प्रस्तावलाई पारित गर्दै छ । हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ८२ लाख ९१ हजार ९०० रुपैयाँ रहेको छ । सो मात्राको बोनस पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । ...

२०७६ ज्येष्ठ २० गते १:११

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । साथै, कम्पनीको सञ्चालक समितिले बोनस सेयरको कर प्रयोजनको लागि ०.६३ प्रतिशत अर्थात ७१ लाख ४८ हजार ८४२ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई कम्पनीको ११औँ वार्षिक साधारणसभाले पारित गर्ने छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको सो मात्राको लाभांश वितरण गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १३ करोड रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस सेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब २६ करोड रुपैयाँ कायम हुने छ । उक्त कायम चुक्ता पुँजीको ७० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ नाघ्ने छ । कम्पनीको ७० प्रतिशत हकप्रद सेयर भने १०औं वाषिक साधारण सभाबाट पारित भईसकेको थियो । सूर्या लाइफ इन्स्योरेन्सको जेठ २८ गतेदे...

२०७६ ज्येष्ठ १५ गते १२:०७

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी) (नेपाल) लिमिटेडले आफ्ना सेयरधनीलाई बम्पर लाभांशको घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/०७५को नाफाबाट हालको चुक्ता पुँजीको ७० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले ३४.४६ प्रतिशत बोनस र ३५.५४ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव जेठ १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४९ करोड रुपैयाँ रहेको छ । ३४.४६ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ नाघ्ने छ । ...