सिद्धार्थ इन्स्योरेन्सको चैत १३ गतेदेखि बुक क्लोज

  २०७६ चैत्र ४ गते १:३७       विकासन्युज


काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको आगामी चैत १३ गतेदेखि बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि चैत २८ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

कम्पनी आगामी चैत २८ गते आफ्नो १८औं वार्षिक साधारणसभा बस्दै छ । उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको कमल पोखरीस्थित अग्रवाल सेवा केन्द्रको भवनमा बस्ने भएको छ ।

सभामा कम्पनीले नगद लाभांश, बोनस र हकप्रद सेयर जस्ता विशेष प्रस्तावहरु केही पनि लैजाने घोषणा गरेको छैन ।