नेपाल बङ्गलादेश बैंकको शेयर मूल्य समायोजन, प्रतिकित्ता १९५ रूपैयाँ

  २०७६ मार्ग २६ गते १:५६       विकासन्युज

काठमाडौं । बिहीबार नेपाल बङ्गलादेश बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकको ५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात बैंकको शेयर मूल्य प्रतिकित्ता १९५.२४ रुपैयाँ रहेको छ । समायोजन पछि बिहीबार भएको कारोबारमा बैंकको शेयर मूल्य ओरालो लाग्ने क्रममा रहेको छ । करिब २ बजे बैंकको शेयर मूल्य २.२४ रुपैयाँले घटेर प्रतिकित्ता १९३ रुपैयाँमा कारोबार भइरहेको छ ।