सेञ्चुरी बैंकसहित दुई संस्थाको सेयर मूल्य समायोजन

  २०७६ फाल्गुन ३० गते ७:२३       विकासन्युज

काठमाडौं । शुक्रबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई संस्थाको सेयर मूल्य समायोजन भएको छ । सेञ्चुरी कमर्सियल बैंक र वोमी वित्तीय संस्थाको बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

जसमध्ये सेञ्चुरी बैंकको २ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १७७.४५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, वोमी माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन छ । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ८५६ रुपैयाँ तोकिएको छ ।