२०७६ फाल्गुन २२ गते ४:२४ विकासन्युज
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सहयोगी विकास बैंकलाई प्राप्ति(एक्विजिसन) गर्ने विशेष प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले आगामी चैत १० गते विशेष साधारणसभा डाकेको छ ।
उक्त विशेष साधारणसभा सो दिन दिउँसो काठमाडौंको डिल्लीबजारस्थित अमृत भोगमा बस्ने भएको छ ।
फागुन २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सो दिन विशेष साधारणसभा डाक्ने निर्णय गरेको हो । सो प्रयोजनको लागि चैत १ गते(एकदिन) बैंकको बुक क्लोज हुने छ ।
यी दुई संस्था सेयर मूल्य अनुपात(स्वाप रेसियो) १ः९१.७५ मा एक्विजिशन हुन लागेका हुन् । यसको अर्थ सहयोगी विकास बैंकको १०० कित्ता सेयर हुनेले एक्जिजिसन पश्चात सिटिजन्स बैंकको ९१.७५ कित्ता सेयर पाउने छन् ।
हाल सिटिजन्स बैंकको चुक्ता पुँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । सहयोगी विकास बैंकलाई प्राप्ती पश्चात बैंकको जारी तथा चुक्ता पुँजी ९ अर्ब ८ करोड रुपैयाँ पुग्ने छ ।
साथै, उक्त एक्विजिसन प्रयोजनको लागि लेखापरीक्षकमा पिपि प्रधान एण्ड कम्पनी चार्टड एकाउण्टेन्ससलाई नियुक्त गर्ने भएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.