एनएमबि बैंकको पुस ४ गतेदेखि बुक क्लोज

  २०७६ मार्ग २५ गते १२:४०       विकासन्युज

काठमाडौं । एनएमबि बैंकको आगामी पुस ४ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

बैंकको वार्षिक साधारणसभा आगामी पुस २४ गते बिहीबार बिहान १० बजे काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा बस्दै छ । सभाले २१ प्रतिशत बोनस र कर प्रयोजन सहित १४ प्रतिशत नगद लाभांश दिने कम्पनी सञ्चालक समितिको प्रस्तावलाई अनुमोदन गर्ने छ ।

सभाले पारित गरेसँगै बैंकका शेयरधनीले हालको चुक्ता पुँजीको सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी ११ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।