नागरिक लगानी कोषसहित तीन कम्पनीको एक करोड २१ लाख कित्ता शेयर सूचीकृत

  २०७६ मार्ग १७ गते १:५२       विकासन्युज

काठमाडौं । मंगलबार तीन कम्पनीको कूल एक करोड २१ लाख ७९ हजार ३२१ कित्ता शेयर सूचीकृत भएको छ । सो दिन नागरिक लगानी कोष र माछापुच्छ्रे बैंकको बोनस शेयर र मुक्तिनाथ विकास बैंकको हकप्रद शेयर गरी सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो ।

नागरिक लगानी कोषको २४ लाख २५ हजार १७४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । त्यस्तै, माछापुच्छ्रे बैंकको ४० लाख २७ हजार ८४७ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

त्यसैगरी, मुक्तिनाथ विकास बैंकको ५७ लाख २६ हजार ३०० कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।