दुई कम्पनीको वार्षिक साधारणसभा स्थगित

  २०७६ चैत्र ७ गते ३:१०       विकासन्युज

काठमाडौं । सेञ्चुरी कर्मसियल बैंक र अपी पावर कम्पनीको वार्षिक साधारणसभा स्थगित भएको छ । विश्वभर काेराेनाकाे त्रास बढ्दै गएका कारण यी दुबै संस्थाले एक सूचना मार्फत आ-आफ्नो साधारणसभा स्थगित गरेकाे जानकारी दिएका हुन् ।

सेञ्चुरी कर्मसियल बैंकले आगामी चैत १४ गते आफ्नो नवौं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको थियो । त्यस्तै, अपी पावरको पनि चैत ७ गते(आज) हुने भनिएको १६औं वार्षिक साधारणसभा स्थिगित भएको हाे ।

यी दुबै कम्पनीले शुक्रवार सूचना प्रकाशित गरी अर्को सूचना प्रकाशित नभएसम्मको लागि हाललाई साधारण सभा स्थगित गरिएको जानकारी दिएका हुन् ।

कोरोना भाइरस (कोभिड-१९) महामारीको रुपमा फैलिएकोले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ५ गते बसेको बैठकले एकै ठाउँमा २५ जनाभन्दा बढी मानिस भेला हुन बन्द गर्ने भनि निर्णय गरे बमोजिम साधारण सभा स्थगित गरिएको दुबैको सूचनामा उल्लेख छ ।