नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि

  २०७६ चैत्र ६ गते ४:२९       विकासन्युज

काठमाडौं । बिहीबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा बिहीबारको नेप्से परिसूचक १३.५० अंकले बढेर १२६९.३० बिन्दुमा पुगेको छ । जुन १.०८ प्रतिशतको वृद्धि हो ।

बुधबारको तुलनामा बिहीबारको बजारमा ७२ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बुधबार एक अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा बिहीबार एक अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा बढी हिमालयन डिष्टिलरीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ३१ करोड ३३ लाख ५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ११ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा केही समूह हरिया देखिएका छन् भने केही राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह १४० अंकले उकालो लागेको छ । निर्जीवन बीमा ७७, माइक्रोफाइनान्स २० र बैंकिङ समूह १३ अंकले उकालो लागेका छन् । ओरालो लागेका ५ वटा समूह सामान्य अंकले घटेका छन् ।