बोनसपछि एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

  २०७६ चैत्र ७ गते १०:२०       विकासन्युज

काठमाडौं । शुक्रबार एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १७.१० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ३२० रुपैयाँ तोकिएको छ ।

झापाको अर्नामनीमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको चुक्ता पुँजी ६९ करोड २६ लाख ७४ हजार रुपैयाँ रहेको छ । हाल संस्थाको बजार पुँजीकरण २ अर्ब ५९ करोड ७५ लाख २७ हजार ५ सय रुपैयाँ रहेको छ ।