लकडाउन अवधिभर सेयर बजार बन्द

  २०७७ वैशाख ३ गते ५:२२       विकासन्युज

काठमाडौं । सेयर बजार लकडाउन अवधिभर बन्द हुने भएको छ । सरकारले लकडाउनकाे अवधि थप बढाएपछि बैशाख ३ गते बसेको नेप्से सञ्चालक समितिले बैशाख १५ गतेसम्म सम्पुर्ण सेयर बजार बन्द गर्ने निर्णय गरेको हो ।

नेप्सेले यस अघि लकडाउन अवधिभर अर्थात् बैशाख ३ गतेसम्म सेयर कारोबार बन्द गर्ने निर्णय गरेको थियो । सरकाले हाल जारी रहेको लकडाउनलाई पुनः वैशाख ४ गतेदेखि वैशाख १५ गतेसम्मलाई निरन्तरता दिने निर्णय गरेसँगै नेप्सेले पनि कारोबार बन्द हुने अवधि बढाएको हो ।

कोरोना संक्रमितको संख्या बढेसँगै सोमबार बसेको मन्त्रि परिषद्को बैठकले लकडाउनको अवधि थपेको हो ।

कोभिड-१९को विश्वव्यापी माहामारीको कारणले परिस्थिति असहज भएकाले कारोबार प्रणाली बन्द गर्ने भएको हो । धितोपत्र दलाल व्यवसायी, लगानीकर्ता, बजार सञ्चालक एवं सम्बद्ध सबै पक्षहरुको हितलाई ध्यानमा राख्दै उक्त दिनसम्म कारोबार बन्द गर्न लागिएको नेप्सेका उप-प्रबन्धक प्रविन पन्दाकले बताए ।