७ प्रतिशत बोनसपछि गणपति माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन
२०७६ मंसिर १८ गते १२:२३ विकासन्युज
काठमाडौं । बुधबार गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।
संस्थाको ७ प्रतिशत बोनस शेयर पछिको शेयर मूल्य समायोजन भएको हो ।
समायोजन पश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता ४६२.६२ रुपैयाँ रहेको छ ।