स्वावलम्बन लघुवित्तको एजीएम पुस २० गते, ४०% लाभांश प्रस्ताव अनुमाेदन गर्ने

  २०७६ मंसिर १७ गते १४:१३     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १८औं वार्षिक साधारणसभा आगामी पुस २० गते बस्दै छ । उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा बस्न लागेको हो ।

सभामा संस्थाले शेयरधनीलाई २६ प्रतिशत बोनस र १४ प्रतिशत नगद लाभांश दिने संचालक समितिको प्रस्तावलाई पारित गर्दै छ । संस्थाले शेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ४० प्रतिशत लाभांश(बोनस र नगद) वितरण गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ६२ करोड ८८ लाख रुपैयाँ रहेको छ । २६ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ७९ करोड २३ लाख रुपैयाँ नाघ्ने छ ।