लक्ष्मी बैंकले गर्याे लाभांश घोषणा, अघिल्लाे वर्षकाे भन्दा ७ प्रतिशत बढी

  २०७६ कार्तिक १७ गते १६:५५     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

समितिको प्रस्ताव अनुसार बैंकले सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । यस अनुसार बैंकले ८९ लाख २० हजार ५०८ रुपैयाँ बोनस र ४४ करोड ६० लाख २५ हजार ४३२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रकृया अघि बढाएको हो ।

प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा ७ प्रतिशत बढी हो । अघिल्लो वर्ष बैकले ८.५ प्रतिशत बोनस र ०.४५ प्रतिशत नगद लाभांश दिएको थियो।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनसपछि बैंकको पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ पुग्ने छ ।