रिलायन्स फाइनान्सको १२ प्रतिशत बोनस र २ करोड नगद लाभांश पारित

  २०७६ जेठ २८ गते १९:२३     विकासन्युज

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको प्रस्तावित १२ प्रतिशत बोनस सेयर पारित भएको छ । जेठ २७ गते सम्पन्न संस्थाको आठौं तथा नवौं वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको बोनस सेयर दिने प्रस्तावलाई पारित गरेको हो ।

सभाले संस्थाको आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको हो । उक्त बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड रुपैयाँ पुगेको छ ।

साथै, सभाले कर प्रयोजनसहित २.६३ प्रतिशत नगद लाभांश दिने संचालक समितिको प्रस्तावलाई पारित गरेको हो । संस्थाले आव २०७४/७५ को नाफाबाट संस्थाको हाल कायम भएको चुक्ता पुँजीमा सो मात्रा अर्थात २ करोड १९ लाख रुपैयाँ नगद लाभांश प्रदान गर्ने भएको हो ।