एनएमबि लघुवित्तको कात्तिक ७ गते बुक क्लोज, हकप्रद सेयर जारी गर्ने

  २०७६ असोज २८ गते १६:२७     विकासन्युज

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको आगामी कात्तिक ७ गते बुक क्लोज हुने भएको छ । संस्थाले हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनको लागि सो दिन बुक क्लोज गर्न लागेको हो ।

संस्थाले हालको चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल संस्थाको चुक्ता पुँजी १६ करोड २० लाख रुपैयाँ रहेको छ ।

संस्थाले आफ्नो छैठौ वार्षिक साधारणसभाबाट पारित भएको सो मात्राको हकप्रद सेयर जारी गर्न लागेको हो । संस्थाको हालै मात्र बसेको सञ्चालक समितिको बैठकले सो दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।