प्रभु इन्स्योरेन्सको जेठ १४ गते बुक क्लोज, हकप्रद सेयर जारी गर्दै

  २०७५ जेठ ३ गते १४:२५     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको आगामी जेठ १४ गते बुक क्लोज हुने भएको छ । इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो ।

कम्पनीले ४६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै छ । कम्पनीको सञ्चालक समितिको बैठकले अंकित मूल्य १०० रुपैयाँको दरले ३१ लाख ६६ हजार ६७७ कित्ता हकप्रद जारी गर्ने निर्णय गरेको थियो । बैठकको उक्त निर्णयलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले सो मात्राको सेयर जारी गर्ने भएको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ६८ करोड ८४ लाख रुपैयाँ रहेको छ । ४६ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७६६ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.